१६ बैशाख २०८१, आईतवार

प्रतिलिटर ३ रुपैयाँले घट्यो इन्धनको मूल्य

petrol

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

घटेको मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १७५ पर्ने छ । एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

nigam notice.jpg

    सम्बन्धित समाचार...