४ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं उपत्यकाका केही मुख्य चोकहरूमा सवारी आवागमनमा चाप: कतै जाम, कतै डाइभर्सन

bus
फाइल फोटो

काठमाडौं उपत्यकाका केही मुख्य चोकहरूमा सवारी आवागमनमा चाप देखिएको छ । कोटेश्वर र त्रिपुरेश्वर हुँदै चल्ने सवारी साधन चापमा चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ। 

यस्तै  ललितपुरको ग्वार्को, सातदोबाटो, गौशाला, चाबहिल, मित्रपार्क, नारायणगोपालचोक, बालाजु, लैनचौर, केशरमहल, नयाँबानेश्वर, थापाथली, कालीमाटी र पुतलीसडकमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था छ । 

बालाजु बाइपास सडक खण्ड हुँदै चल्ने सवारी साधनलाई बालाजु चोक र बाइपासबाट डाइभर्सन गरिएको छ । तिनपिप्लेमा केही दिन अघि भएको सवारी दुर्घटनाको विषयलाई लिएर बालाजु बाइसधारा सडकमा विद्यार्थीहरू भेला भएका कारण डाइभर्सन गरिएको हो ।

उता सडक मर्मतका कारण काठमाण्डौको थली साँखु सडक खण्ड हुँदै चल्ने सवारी साधनलाई पनि डाइभर्सन गरिएको छ  । बौद्धबाट जाने सवारी साधनलाई गोकर्ण रिसोर्ट अगाडीबाट र साँखुबाट आउने सवारी साधनलाई थलीस्थित आस्था पार्टी प्यालेश अगाडीको सडकबाट डाइभर्सन गरिएको समेत प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...