१७ बैशाख २०८१, सोमबार

कुन प्रदेशमा कति दलको जमानत जफत ? बागमती प्रदेशमा ३३ दलको जफत

nepal pt2021 06 15 07 55 49

बागमती प्रदेशसभामा ३३ वटा राजनीतिक दलको जमानत जफत भएको छ । प्रदेशसभामा समानुपातिकतर्फ कम्तीमा एक सिट ल्याउन नसक्ने दलको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ । 

प्रदेशमा १ मा ३० वटा राजनीतिक दलको जमानत जफत भएको छ । मधेश प्रदेशमा २६, गण्डकीमा २४ वटा दलले जमानत रकम फिर्ता  पाएनन् । आयोगका अनुसार लुम्बिनी प्रदेश कर्णालीमा २२/ २२ वटा दलको जमानत जफत भएको छ ।

सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको जमानत जफत भएको आयोगले जनाएको छ । यस्तै, प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० वटा राजनीतिक दलको जमानत जफत भएको छ । 

    सम्बन्धित समाचार...