२४ बैशाख २०८१, सोमबार

झारफुकको बहानामा जबरजस्ती करणी

Rape 2

झारफुक गरी उपचार गर्ने बहानामा कपिलवस्तुमा एक महिला बलात्कृत भएकी छन् ।

बाणगङ्गा नगरपालिका १० मेचकुरी कोटियामाईथानमा मङ्सिर २० गते राति २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मीनबहादुर घलेले बताए ।

जबरजस्ती करणी गर्ने स्थानीय वर्ष २७ को पप्पु हरिजनलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । प्रहरीका अनुसार हरिजनले झारफुक गरी रोग निको पार्ने भन्दै उपचारका लागि बोलाएर रातको समयमा एकान्तमा लगेर जबरजस्ती करणी गरेको बताइएको छ ।

    सम्बन्धित समाचार...