२० बैशाख २०८१, बिहीबार

करिब ३६३ किलो अवैध लागु औषध गाँजा बरामद

arest

पर्सामा करिब ३६३ किलो अवैध लागु औषध गाँजा बरामद भएको छ । ठोरी गाउँपालिका २ बाट गएराति झण्डै ३६३ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । 

चितवनको माडीबाट वीरगन्जतर्फ जाँदै गरेको ना. ४ ख ६५५५ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याएको अवस्थामा मिनी ट्रकसहित गाँजा बरामद गरेको सशस्त्र प्रहरीले बताएको छ ।

हाल फरार रहेका मिनी ट्रक चालकको खोजी तथा आवश्यक अनुसन्धान गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ । 

    सम्बन्धित समाचार...