२० बैशाख २०८१, बिहीबार

जग्गा विवादमा भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

muder
सांकेतिक तस्विर

सर्लाहीमा जग्गाको विषयमा विवाद हुँदा कुटपिट गरी भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन् । सर्लाहीको चक्रघट्टा गाउँपालिका-२ भेल्हीकी ७० वर्षीया सागर देवीको हत्या आरोपमा उनकै देवर ६५ वर्षीय पुकार रायलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ । 

जग्गा विवादमा आरोपित रायसहित उनका छोरा जितु भन्ने जितेन्द्र राय र बुहारी अनिता देवी रायसमेत मिलेर कुटपिट गर्दा सागर देवीको निधन भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।  

घटनामा संलग्न जितेन्द्र र अनिताको फरार रहेकाले खोजीकार्य भइरहेको समेत प्रहरीले जनाएको छ । 

    सम्बन्धित समाचार...