२४ बैशाख २०८१, सोमबार

उपत्यकामा सवारी आवागमनमा चाप, नियम पालना गर्न ट्राफिक प्रहरीको अनुरोध

traffic jam im kathmandu.

काठमाडौं उपत्यकामा सवारी आवागमनमा चाप देखिएको छ । सोमबार उपत्यकाका विभिन्न स्थानमा सडक मर्मत लगायतका कार्य भइरहेकाले सवारीमा आवागमनमा चाप देखिएको ट्राफिक प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरीका अनुसार लैनचौर ब्यांक्वेट अगाडी सडकमा खानेपानीको पाइपबाट पानी लिकेज हुँदा त्रिपुरेश्वर, नागस्थान, पुरानो बसपार्क, जमल, केशरमहल, खानी विभाग, टुकुचा, संग्राहलय, दक्षिणगेट, लैनचौर चोकमा सवारी क्युमा चलिरहेका छन् ।

यस्तै, सवारी साधनको संख्या बढेका कारण थापाथली, भद्रकाली, सिंहदरबार, टेकु, ग्वार्को, सातदोबाटो, कोटेश्वर चोकमा पनि सवारी साधन क्युमै चलिरहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । ग्वार्कोमा ‘फ्लाइ ओभर’ निर्माण भइरहेकाले पनि बालकुमारी पुलबाट बल्खु जाने आउने यात्रुबाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई सर्भिस लेनमा र निजी चार पाङग्रे सवारी साधनलाई फास्ट ट्र्याकबाट चलाइएको छ । 

सवारी चाप रहेका स्थानमा व्यवस्थापन सहज बनाउन ट्राफिक नियम पालना गर्न प्रहरीले अनुरोध गरेको छ । सडक पिच गर्न माग गर्दै स्थानीयले गरेको अवरोधका कारण थली साँखु सडक खण्ड हुँदै चल्ने सवारी साधनलाई मुलपानीबाट ब्रह्मखेल हुँदै आउने जाने व्यवस्था गरिएको छ । 

वैकल्पिक मार्गको रूपमा डाँछीबाट सुन्दरीजल, गोकर्ण हुँदै जोरपाटी निस्कन समेत सकिने प्रहरीले जनाएको छ । नाकाहरूको भने, सवारी आवागमन भने सामान्य तवरले सञ्चालन भइरहेको बताइएको छ । 

    सम्बन्धित समाचार...