२३ बैशाख २०८१, आईतवार

‘प्रतिनिधि सभाको अधिकार महासचिवले प्रयोग गर्नु गम्भीर प्रश्न’

Supreme Court 43KnAVGEAY

सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अवकाश लिने समयमा अदालतमा हाजिर हुन नपाउनेगरी शुक्रबार अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले संघीय संसद् सचिवालयका महासचिवले पठाएको पत्रले प्रतिनिधि सभाको अधिकार खोसिएको भन्दै त्यसलाई कार्यान्वयन नगर्नरनगराउन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चको यो आदेशसँगै प्रधानन्यायाधीश जबराले आफूमाथि लागेको महाभियोग अन्योलमै रहेका बेला अवकाश पाउने भएका छन् ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासको आदेशमा प्रतिनिधि सभालाई दिइएको अधिकार संघीय संसद् सचिवालयका महासचिवले प्रयोग गरेको सम्बन्धमा गम्भीर प्रश्न खडा भएको उल्लेख छ । नागरिक दैनिकबाट

    सम्बन्धित समाचार...