२२ बैशाख २०८१, शनिबार

सिद्धार्थ बैंकको लाभांश घोषणा

siddhartha bank

सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले २०७८/०७९ वर्षको मुनाफाबाट १३.१६ लाभांश दिने भएको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले १२.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ नगद गरी कुल १३.१६ लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक र सिद्धार्थ बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने बैंकले जनाएको छ । 

१२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ बैंकले हाल कायम चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैंकले १४.२५ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ नगद लाभांश अघिल्लो वर्ष वितरण गरेको थियो ।

newskarkahna news417480

    सम्बन्धित समाचार...