
सन् २०१८ मा विद्रोही पत्रकार जमाल खशोग्गीको हत्यामा कथित भूमिकाका लागि साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानविरुद्धको मुद्दालाई एक अमेरिकी न्यायाधीशले मंगलबार खारेज गरेका छन् ।
वासिङ्टनका संघीय न्यायाधीश जोन बेट्सले सेप्टेम्बरमा साउदी अरेबियाको प्रधानमन्त्री नियुक्त भएका युवाराज मोहम्मदलाई विदेशी राष्ट्र प्रमुखको रूपमा अमेरिकी अदालतमा उन्मुक्ति प्राप्त भएको अमेरिकी सरकारको अडानलाई स्वीकार गरे ।
खशोग्गीकी विधवा ह्याटिस सेन्गिज र उनको कार्यकर्ता समूह डनद्वारा दायर गरिएको नागरिक मुद्दाले हत्याको पछाडि युवराज मोहम्मदको हात रहेको ‘बलिया’ र ‘महत्वपूर्ण’ तर्क गरेको बेट्सले बताए ।
तर उनले अमेरिकी सरकारको आधिकारिक अडानलाई अस्वीकार गर्ने आफूसँग कुनै शक्ति नभएको फैसला सुनाए । नोभेम्बर १७ मा अदालतमा पेस गरिएको औपचारिक बयानमा युवाराजलाई विदेशी नेताको रूपमा उन्मुक्ति छ ।