२५ बैशाख २०८१, मंगलवार

प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रम: अफगानिस्तानमा पहिलो जननिर्वाचित राष्ट्रपतिदेखि पूर्वी टिमोरमाथि इन्डोनेसियाको हमला

world

आज सन् २०२२ को ७ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम

अफगानिस्तानमा पहिलो जननिर्वाचत राष्ट्रपति
सन् २००४ मा अफगानिस्तानका राष्ट्रपति हमिद कारजाइ इस्लाम गणतन्त्रको राष्ट्रपति बनेका थिए । इतिहासमै पहिलो पटक प्रत्यक्ष प्रजातान्त्रिक निर्वाचनमार्फत करजाई राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

सुरिनेमका सर्वसाधरणको नरसंहार
सन् १९८२ को डिसेम्बरमा दक्षिण अफ्रिकी देश सुरिनेमका १५ जना प्रख्यात व्यक्तिलाई सेनाले अपहरण गरी हत्या गरेको थियो । सेनाको तानाशाही शासनको विरोध गरेवापत उनीहरूको हत्या भएको थियो । 

पर्ल हार्वरमा हमला
सन् १९४१ मा जापानको जलसेनाले हवाईस्थित पर्ल बन्दरगाहको पनडुब्बी इलाकामा हमला गरेको थियो । सोही हमलापछि अमेरिका पनि दोस्रो विश्व युद्धमा तानिएको थियो ।

पूर्वी टिमोरमाथि अतिक्रमण
स्वतन्त्र घोषणा गरेपछि सन् १९७५ मा पूर्वी टिमोरालाई इन्डोनेसियाको फौजले अतिक्रमण गरेको थियो ।

अमेरिकी संविधानलाई अनुमोदन गर्ने पहिलो राज्य
सन् १७८७ मा डेलावारले अमेरिकी संविधानलाई पहिलो पटक अनुमोदन गरेको थियो । यही कारण डेलावारलाई अमेरिकाको पहिलो राज्य भनिन्छ ।

अस्ट्रो–हंगेरी साम्राज्यविरुद्ध युद्ध
प्रथम विश्वयुद्धको समय अर्थात सन् सन् १९१७ मा अमेरिकाले अस्ट्रो–हंगेरी साम्राज्य विरुद्ध युद्धको घोषणा गरेको थियो ।

    सम्बन्धित समाचार...