२१ बैशाख २०८१, शुक्रबार

पूर्वराष्ट्रपति ट्रम्पले संविधान समाप्ति’ को आह्वान गरेपछि …

trump
फाइल फोटो

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संविधानको ‘समाप्ति’ को आह्वान गरेपछि राष्ट्रपति कार्यलय ह्वाइट हाउसले  निन्दा गरेको छ । ट्रम्पले शनिबार आफ्नो ट्रुथ सामाजिक सञ्जालमा एक पोस्टमा आह्वान गरेपछि ह्वाइटहाउसले निन्दा गरेको हो । 

पोस्टमा ट्रम्पले सन् २०२० को राष्ट्रपति चुनाव जितेको आफ्नो झूटो दावी दोहोर्याएका थिए । उनले ‘ठूलो टेक कम्पनीहरू’ लाई डेमोक्र्याटहरूसँग मिलेर आफ्नो विरुद्धमा उत्रिएको आरोप पनि लगाए । 

ह्वाइट हाउसका प्रवक्ता एन्ड्रयु बेट्सले ट्रम्पको टिप्पणी ‘राष्ट्रको आत्माको विपरित’ भएको बताए ।‘तपाईंले जित्दा मात्र अमेरिकालाई माया गर्न सक्नुहुन्न’, बेट्सले एक विज्ञप्तिमा भने, ‘ट्रम्पको टिप्पणीलाई सर्वसम्मत रूपमा निन्दा’ गरिनु पर्छ । ’

पोस्टमा ट्रम्पले ‘ठूलो र व्यापक धोखाधडी र छल’ को अस्पष्ट आरोपहरू उल्लेख गरेका छन् ।

    सम्बन्धित समाचार...