२९ बैशाख २०८१, शनिबार

अवैध गाँजासहित २ जना पक्राउ

arest

सर्लाहीमा अवैध गाँजासहित २ जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध  गाँजासहित लालबन्दी नगरपालिका ५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे  । 

अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको टोलीले प्रदेश २-०२-००३ प १७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध गाँजासहित मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान  भइरहेको प्रहरीले बताएको छ ।

    सम्बन्धित समाचार...