२३ बैशाख २०८१, आईतवार

भोली बिहानसम्म निषेधाज्ञा थप धनगढीमा, प्रहरी नियन्त्रणमा रहेकालाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग

newskarkahna news413910

कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत विद्यार्थीको निधन भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार (भोली) बिहानसम्म थप गरिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचना जारी गर्दै निषेधाज्ञा शनिबार बिहान ४ बजेसम्मका लागि कायम रहने जनाएका छन् ।

बिहीबार बिहान धनगढीमो ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्राको निधन भएको थियो । त्यसपछि विद्यार्थी आन्दोलित बनेका थिए । विद्यार्थीको आन्दोलन उग्र बन्दा प्रशासनले बिहीबार बेलुकीदेखि धनगढीमा निषेधाज्ञा जारी गरेको छ ।

प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग

प्रर्दशन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीलाई निशर्त रिहाइ गर्न विद्यार्थी संगठनले माग गरेका छन् । विभिन्न राजनीतिक दल सम्बद्ध ८ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको तत्काल रिहा गर्न माग गरेका हुन् ।

‘चेतनाको न्यायका निम्ति भइरहेको आन्दोलनप्रती ऐक्यबद्धता जाहेर गर्दै आन्दोलनका प्रहरी प्रशासनको धरपकड र गिरफ्तारीको निन्दा र भर्त्सना गर्दछौँ,’ जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तारी गरिएका साथीहरुलाई नि:शर्त रिहा गर्न माग गर्दछौँ । साथै ग्रेडर चालकलाई कडा कारवाही गरी मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दछौँ ।’

विज्ञप्तिमा नेपाली कांग्रेस निकट नेविसंघ निवर्तमान सहमहामन्त्री अच्युत कलौनी, एमाले निकट अनेरास्ववियु सुदूरपश्चिमका संयोजक मनोज राई, माओवादी निकट अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष दिपककुमार डिसी, विप्लव नेकपा निकट अखिल क्रान्तिकारीका प्रदेश इन्चार्ज बबरजंग सिंह लगायतले हस्ताक्षर गरेका छन् ।

newskarkahna news414300

    सम्बन्धित समाचार...