२१ बैशाख २०८१, शुक्रबार

रोबर्टो मार्टिनेजको राजिनामा

roberto martinez

कतार विश्वकप २०२२ मा बेल्जियमलाई समूह चरण पार गराउन असफल बनेका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट राजीनामा दिएका छन् ।

४९ वर्षीय मार्टिनेजले बेल्जियम टोलीसँगै ६ वर्ष सहकार्य गरे । स्पेनिस प्रशिक्षक सन् २०१६ मा मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । 

बिहीबार राति अहमेद बिन अलि स्टेडियममा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम विश्वकपबाट बाहिरिएको थियो । समूह ‘एफ’ मा बेल्जियम तेस्रो स्थानमा रह्यो । 

सात अंकको मोरक्को समूह विजेता, पाँच अंकको क्रोएसिया उपविजेता बन्दा चार अंकको बेल्जियम र बिना अंकको क्यानाडा समूह चरणबाट माथि बढ्न सकेन ।

बेल्जियम बाहिरियो, मोरक्को र क्रोएसिया नकआउट चरणमा

मोरक्को र क्रोएसियाले कतार विश्वकप २०२२ को नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् । बिहीबार राति समूह ‘एफ’को खेलमा आफू अनुकुल नतिजा निकाल्दै मोरक्को विजेता र क्रोएसिया उपविजेता बनेको हो । 

अल थुमामा रंगशालामा मोरक्कोले कमजोर मानिएको क्यानाडामाथि २–१ को नतिजा हासिल गर्याे । मोरक्कोका लागि हाकिम जियाच र युसुफ इन नेसिरीले एक एक गोल गरेका थिए । नायेफ एगुर्डले आत्माघाति गोल गरेका थिए । 

अहमद बिन अली रंगशालामा भएको अर्काे खेलमा बेल्जियम र क्रोएसिसयाले गोलरहित बराबरी खेलेका थिए । दुबै टोलीले गोलका केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । 

खेलपछि सात अंकका साथ मोरक्को समूह विजेता तथा क्रोएसिया पाँच अंकका साथ उपविजेता भए । चार अंकमा सीमित बेल्जियम र बिना अंकको क्यानाडा प्रतियोगिताबाट बाहिरिए । 

    सम्बन्धित समाचार...