२२ बैशाख २०८१, शनिबार

हेर्नुहोस यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर ?

currency dollar

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य १३० रुपैयाँ २५ पैसा छ ।

 युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९८ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिदर ८८ रुपैयाँ २७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । 

क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३ पैसा, सिंगापुर डलरको खरिददर ९५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९० पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ५१ पैसा र बिक्रीमा ९ रुपैयाँ ५५ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीदर १८ रुपैयाँ ३७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीदर २९ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    सम्बन्धित समाचार...