२६ बैशाख २०८१, बुधबार

लकडाउनको विरोधमा जोरपाटीका व्यापारीले पसल खोले, वीरगञ्जका व्यापारीद्वारा लकडाउनको विकल्प खोज्न माग

lockdown

लगातारको लकडाउनले व्यवसाय चौपट भएको भन्दै मंगलबार बिहान बौद्धका ब्यापारीले पसल खोलेका छन्।

लकडाउनले व्यवसाय चौपट भएको भएको भन्दै जोरपाटीका व्यापारीहरुले जबरजस्ती पसल खोलेपछि प्रहरीसँग विवाद भएको छ। व्यापारी हुल बाँधिएर आएर पसल खोलेपछि बौद्धमा केही समय अवस्था असहज बनेको थियो।

लकडलाउन भएको ७१ औं दिन आज अति भएपछि व्यापारीहरु स्वस्फुर्त पसल खोल्न उत्रिएका थिए। मोबाइलदेखि, जुत्ता, फेन्सी लगायतका पसल खुला गरेर व्यापार गर्न थालेपछि प्रहरी पुगेको थियो।

२५/३० जनाको समूहमा आएका व्यापारी धमाधम पसल खोल्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सरकारले जेठ ३२ सम्म लकडाउन लम्ब्याएपछि सरकारको निर्णयको विरोध भइरहेको छ। लकडाउनको मोडालिटी परिवर्तन गर्न र जनजिवनलाई सामान्यतर्फ फर्काउन सरकारमाथी दबाब परिरहेको छ।

प्रहरीले उनीहरुले खोलेको पसल बन्द गर्न दवाव दियो। त्यसपछि व्यापारीहरु त्यसको विरुद्धमा उत्रिए। स्थानीय दिएको जानकारी अनुसार पसलको भाडा तिरिरहनुपर्ने, सरकारलाई कर पनि तिरिरहनु पर्ने तर पसल चाहिँ खोल्न किन नपाउने भन्दै उनीहरुले प्रश्न गरेका थिए। उनका अनुसार करिब ६० व्यवासायीहरु आन्दोलित मुडमा उत्रिएका थिए।

७१ दिन लगातार लकडाउन लम्ब्याउने बाहेक सरकारले कुनै योजना अगाडि सार्न सकेको छैन। आजैमात्र पनि सरकारले कर चुक्ता गर्न सूचना जारी गरेको छ। व्यवसायीहरु पनि सरकारको लकडाउन गर्ने र व्यवसायीलाई कुनै पनि राहतका कार्यक्रम नल्याउने रणनीतिबाट आजित भएका छन्। आजै चितवनमा पनि व्यापारीहरुले सरकारको कदमविरुद्ध विरोध कार्यक्रम आयोजना गरेका थिए।

‘जोरपाटीमा कुनै झडप चाहिँ भएको होइन। उहाँहरुले पसल खोलेपछि हाम्रो टोलीले गएर बन्द गराएको हो,’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले भने।

सरकारले कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ। पछिल्लो समय कलकारखाना खोलिएपनि अन्य भने ठप्पै छन्।

pradarshan 2 768x335 1

वीरगञ्जका व्यापारीद्वारा लकडाउनको विकल्प खोज्न माग गर्दै विरोध प्रदर्शन

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लागू गरिएको लकडाउनको विकल्प खोज्न माग गर्दै वीरगञ्जका व्यापारीहरु सडकमा उत्रिएका छन् ।

सामाजिक दूरी कायम गर्दै सोमबार साँझ व्यापारीहरुले घण्टाघरदेखि महावीर स्थानसम्म मुख्य सडकको दायाँ बायाँ विभिन्न प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ६९ औं दिन पुगेको हुनाले व्यापार प्रभावित भएको भन्दै व्यापारीहरु लकडाउनको विकल्प खोज्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

व्यापारीहरुले सरकारविरुद्ध नारा लगाउँदै साना तथा मझौला व्यापारीहरुको राहत उपलब्ध गराउन माग पनि गरेका छन् । लकडाउनले गर्दा व्यापार ठप्प भई आजित बनेका व्यापारीहरुले आक्रोश पोख्दै आ–आफनो हातमा विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुले “सानो र मझौला व्यापारीको लागि राहतको घोषणा गर, बैंक ब्याज, बिजुली र करमा छुट गर, सधै यसरी बसेर नेतालाई मात्र पुग्छ, नागरिकलाई पुग्दैन, बिना नीतिको लकडाउँन स्वीकार्य छैन” लगायतका प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए ।