१५ चैत्र २०८०, बिहीबार

एकीकृत समाजवादी शून्य, गण्डकी प्रदेशमा कांग्रेस पहिलो पार्टी हुँदा

gandaki province

बाग्मती प्रदेशमा पहिलो पार्टी भएको नेपाली कांग्रेस गण्डकी प्रदेशमा पनि पहिलो पार्टी हुन सफल भएको छ । १६ सिटसहित गण्डकी प्रदेशमा कांग्रेस पहिलो पार्टी भइरहँदा नेकपा एमाले भने १२ सिटसहित दोस्रो स्थानमा   छ । 

नेकपा माओवादी केन्द्रले ४ सिटमा जित हासिल गर्दा नेपाल समाजवादी पार्टीले १ सिटमा मात्रै विजय हासिल गरेको छ । 

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी भने सो प्रदेशमा शून्य रहेको छ । सो प्रदेशमा स्वतन्त्रले १ सिटमा विजय हासिल गरेको छ । 

३६ सिटमध्ये ३४ सिटको मतगणना हुँदा २ स्थानमा अझै मत गणना बाँकी छ ।