१४ बैशाख २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटना एकको निधन

Accident

तेह्रथुमको म्याङलुङस्थित दशगते पार्क क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।

को २१ प ४२२८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा फेदाप गाउँपालिका २ ओयाक्जुङका चन्द्रबहादुर लिम्बुको निधन भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिए ।

मोटरसाइकल अनियन्त्रित भएर पिल्लरमा ठोकिदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरान लैजाने क्रममा बाटोमै निधन भएको हो ।

    सम्बन्धित समाचार...