१४ बैशाख २०८१, शुक्रबार

बहालवाला गृहमन्त्री खाणको संसदमा इन्ट्री हुने बाटो बन्द

deepak balkrishan

प्रतिनिधिसमा निर्वाचनअन्तर्गत रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहरा विजयी भएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणलाई बोहोराले २५ सयभन्दा बढी मतले पराजित गरेका हुन् ।

रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राप्रपा उम्मेदवार बोहरा विजयी भएसँगै बहालवाला गृहमन्त्री खाणको संसद् यात्रा टुंगिएको हो।

अन्तिम मत परिणामअनुसार दिपक बोहराले ३६ हवार ६ सय ४८ मत पाएका छन् भने खाणले ३४ हजार ६ मत पाएका छन् । बोहरा २६ सय ४२ मतले विजयी भएका हुन् । 

बोहरालाई नेकपा एमालेले समर्थन गरेको थियो।