७ बैशाख २०८१, शुक्रबार

माओवादी उम्मेदवार विन्दमान विष्ट सुर्खेत २ (ख) बाट निर्वाचित

binda

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट निर्वाचित भएका छन् । उनले  नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतले पराजित गरे । 

३१ हजार ६८२ मत खसेकोमा विष्टले १३ हजार ९०९ मत पाए । एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ । एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत ल्याए ।

यो उनको दोस्रो जित हो ।

    सम्बन्धित समाचार...