१६ चैत्र २०८०, शुक्रबार

नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’ कैलाली १ मा

Ranjita 1

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्यानलसहित विजयी भएकी छन् । भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् ।

श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन् । नेकपा एमालेका तपेन्द्र रावल भने पाँच हजार ९१० मत पाए । 

प्रदेश सभातर्फको १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा १ मा कैलाश चौधरी विजयी भएका हुन् । कैलाश चौधरीले १५ हजार १०१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेश सभातर्फको २ मा लक्ष्मण किशोर चौधरी विजयी भएका छन् । लक्ष्मण चौधरीले ११ हजार ३१७ मत प्राप्त गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावललाई तीन हजार २६४ मतान्तरले पराजित गरेका हुन् ।