१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी पर्वतबाट निर्वाचित

padam giri

नेकपा एमालेका पदम गिरी पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

कांग्रेसका अर्जुन जोशीलाई २२ सय ६३ मतान्तरले हराउँदै गिरीले संसद यात्रा तय गरेका हुन् । गिरीले २९ हजार ८७२ र जोशीले २७ हजार ६०९ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुनले ४ हजार १७३ र राप्रपाका दिपकबहादुर मल्लले १ हजार ३४ मत प्राप्त गरेका छन् ।

    सम्बन्धित समाचार...