
फाइल फोटो
ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् । भट्टराई नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ८ मतले पराजित गर्दै दोस्रो पटक सांसदमा निर्वाचित भएका हुन् ।
मतगणना सकिए पनि वियजी हुने उम्मेदवारको औपचारिक घोषणा भने गरिएको छैन ।
उनले २१ हजार ९ सय ४३ मत ल्याउँदा उनका प्रतिद्वन्दी बुढाक्षेत्रीले २१ हजार ७ सय ५३ मत प्राप्त गरेका हुन् ।
बुढाक्षेत्रीलाई सत्ता गठबन्धनको समर्थन थियो । भट्टराई २०७४ मा पनि ताप्लेजुङबाटै निर्वाचित भएका थिए । त्यसअघि दुईवटा निर्वाचनमा उनी काठमाडौं ६ बाट पराजित भएका थिए ।