६ जेष्ठ २०८१, आईतवार

मधुसुदन पौडेल निर्वाचित ललितपुर-१ प्रदेशसभा १ मा

Lalitpur 1 Madhusudan Poudel

ललितपुर १ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका मधुसुदन पौडेल निर्वाचित भएका छन् ।

मंगलबार राति सकिएको मत गणनामा एमालेका पौडेलले ११ हजार २९९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हरि दाहालले आठ हजार छ सय ५६ मत प्राप्त गरेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए ।

कार्यालयका अनुसार प्रदेशसभाका लागि प्रतिस्पर्धामा रहेका राप्रपाका हुमा पाण्डेयले तीन हजार तीन सय ८९, नेमकिपाका बुद्ध लामाले एक सय ९४, मङ्गोल नेशनल अर्गनाइजेशनका सुरेश मार्फाले एक सय ५६, स्वतन्त्र उम्मेदवार कुमार तिमल्सेनाले २४ मत प्राप्त गरे ।

साथै, चीनबहादुर तामाङले ४३, ठक्कर घिमिरेले १२, दीपेशकुमार खत्रीले एक सय २४, नारायण खड्काले आठ, रामहरि घिमिरेले २४ र श्यामकुमार घिमिरेले ६५ मत प्राप्त गरेका छन् ।

कुल ३६ हजार सात सय ८३ मत रहेको यस क्षेत्रमा २४ हजार आठ सय ३७ मत खसेको थियो । यहाँ २३ हजार नौ सय ९४ मत सदर र आठ सय ४३ मत बदर भएको थियो ।

विसं २०७० को संविधानसभाको निर्वाचनमा पौडेल र दाहाल ललितपुर क्षेत्र नं १ बाट संविधानसभा सदस्यका लागि एमाले र माओवादीका तर्फबाट उम्मेदवार थिए । त्यसबेला कांग्रेस उम्मेदवार उदयशम्शेर राणाले संविधानसभा सदस्यका लागि जीत हासिल गरेका थिए ।

    सम्बन्धित समाचार...