१३ बैशाख २०८१, बिहीबार

थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६१० पुग्यो

coronavirus

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा दैलेखका २४ र जुम्लाका १९ जना रहेका छन् ।

जुम्लाका २ जना प्रहरीसहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ ।

यसअघि आइतबार नै देशभर १६६ जना संक्रमित थपिएका थिए । योसहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुगेको छ ।

नेपालमा आज मात्र थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म १ हजार ५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये २ सय २० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

आइतवार राति थपिएका ४३ जनाको भने स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको छ ।

karnali corona MlHME1BexZ