फाइल फोटो
काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल हार नजिक पुग्नुभएको छ ।
उता सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलको अग्रता भने यथावत रहेको छ ।
३५ हजार चार सय ८८ मतगणना हुँदा एमालेका ईश्वर पोखरेलले सात हजार नौ सय ८१ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका उम्मेदवार पौडेलले भने ११ हजार ६ सय मत प्राप्त गर्नुभएको छ । मतगणना सुरु भएसँगै पौडेलले अग्रता लिनुभएको हो । झण्डै ५ हजार मतले पछि पर्नुभएका एमाले वरिष्ठ नेता पोखरेल हार नजिक पुग्नुभएको हो ।