२० बैशाख २०८१, बिहीबार

सोलोमन द्वीपमा ७ म्याग्निच्युडको भूकम्प

earthquake1

मंगलबार सोलोमन द्वीपमा ७ दशमलब ० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटर (१८५ माइल) भित्र सोलोमन तटको क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पपछि मानिसहरुको भागदौड मच्चिएको थियो ।

भूकम्पपछि राजधानी सहरलगायतका विभिन्न स्थानमा विद्युत अवरोध भएको प्राप्त विवरणहरूमा जनाइएको छ । 
 
करिब २० सेकेन्डसम्म भूकम्प महसुस गरिएको एएफपी समाचार संस्थाले जनाएको छ । भूकम्पले पु¥याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । 

इण्डोनेसियामा भूकम्पः निधन हुने १६० पुगे

इण्डोनेसियाको पश्चिम जाभा प्रान्तमा गएको भूकम्पमा परेर निधन हुनेको संख्या १६० पुगेको छ । सोमबार गएको भूकम्पमा सयौँ घाइते भएका छन् ।

५.६ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु राजधानी जकार्ताबाट करिब ७५ किलोमिटर (४५ माइल) दक्षिणपूर्वमा रहेको पहाडी पश्चिमी जाभाको सियानजुर सहर नजिक थियो ।

भूकम्पमा परी गम्भीर घाइते भएकामध्ये केहीको सियानजुर क्षेत्रीय अस्पतालमा मृत्यु भएको तथा अन्य सयौँ घाइते भएका राष्ट्रिय प्रकोप न्यूनीकरण इकाइले जनाएको छ ।

भूकम्प प्रभावित सियानजुर वरपरका क्षेत्रका धेरै स्थानमा पहिरो खसेको, विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका भवन भत्किएका छन् ।

भूकम्पमा अझै केही फसेको हुन सक्ने बताइएको छ । त्यस्तै, भूकम्पका घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । भूकम्पपछि २२ सय घरमा क्षति पुगेको र कम्तीमा ५ हजार मानिस विस्थापित भएका सरकारले जनाएको छ ।

    सम्बन्धित समाचार...