२२ बैशाख २०८१, शनिबार

त्रिवेणीमा गोली चल्यो : तीन जना घाइते, एकको अवस्था गम्भीर

gun

बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा तीन जना घाइते भएका छन् ।

मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन घाइते भएको प्रहरीले जनाएको छ ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार एक जनाको अवस्था गम्भीर छ । घाइतेहरूको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ । 

    सम्बन्धित समाचार...