१६ चैत्र २०८०, शुक्रबार

बाजुरामा कोरोनाकै कारण दुई वर्षीया बालिकाको मृत्यु

corona nepal

पछिल्लो २४ घन्टामा २ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएको पुष्टि भएको छ। कोरोना भाइरस (कोभिड–१९) का कारण बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएको छ । शनिबार राति करिब २ बजे ती बालिकाको मृत्यु भएको थियो । 

शनिबार राति दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको थियो भने आइतबार बिहान बाजुरा जिल्ला अस्पतालमा ज्यान गुमाएकी दुई वर्षकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।

बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको कोरोना भाइरसको कारण मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पुष्टि गरे । 

‘बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी उनकी आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ। उनका बुवाको भने रिपोर्ट नेगेटिभ छ,’ अवस्थीले भने।

बालिकाको आइतबार बिहान बाजुराको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। उनको १६ गते नै स्वाब परीक्षणको लागि धनगढी पठाइएको थियो।

८ दिनअघि उनको परिवार भारतबाट आएको थियो । भारतबाट आएका उनीहरुको परिवारलाई बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा राखिएको थियो । 

ती बालिका आमाबुवासँग एक साताअघि भारतको नयाँदिल्लीबाट आएकी थिइन्। चार दिनअघि बालिकाका आमाबुवाले उनलाई अस्पताल ल्याएका थिए।

बालिकामा ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको अस्पतालका प्रमुख रूपचन्द्र विश्वकर्माले जानकारी दिए।

त्यहाँ अवस्था जटिल भएपछि १५ गते साँझदेखि आइसोलेसनमा राखिएको ती बालिकाको मृत्यु भएको हो ।

बालिकाको मृत्यु भएलगत्तै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो । आइतबार दिउँसो रिपार्ट आउँदा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

‘अस्पताल ल्याउँदा उनी बेहोस थिइन्,’ उनले भने।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। यीमध्ये ७ जनामा मृत्युपछिमात्र कोरोना पुष्टि भएको हो।