२२ बैशाख २०८१, शनिबार

पूर्वमन्त्री रामवीर मानन्धरले आगामी कुनै पनि निर्वाचन नलड्ने घोषणा गरे

newskarkahna news400923

काठमाडौं-७ मा एमालेबाट विद्रोह गरि बागी उम्मेदवारी दिएका पूर्वमन्त्री रामवीर मानन्धरले आगामी कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् । बिहीबार बालाजुमा पत्रकार सम्मेलन गरि नेता मानन्धरले बाँकी काम पूरा गर्नका लागि योपटक आफू घण्टाघर चुनाव चिह्न लिएर उम्मेदवार भएको बताउँदै आगामी दिनमा कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका हुन् । 

काठमाडौं-७ मा अघिल्ला दुई संसदीय निर्वाचन अत्याधिक मतसहित जितेका मानन्धरलाई यसपटक एमालेले टिकट नदिएपछि बागी उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । नेता मानन्धरले आफू निर्वाचित हुने निश्चित भएसँगै एमाले र माओवादीका उम्मेदवारमा छट्पटी बढेको दाबी गर्दै आफू नै जनताको साझा उम्मेदवार भएको दाबी समेत गरे ।

स्थानीय तह निर्वाचनमा एमाले नेतृत्वले कांग्रेससँग जोडेर आरोप लगाएकाले आफूलाई न्याय दिनका लागि कांग्रेस कार्यकर्ताले समेत साथ दिने मानन्धरको दाबी छ । 

एमालेका इमान्दार कार्यकर्ता आफुसँगै रहेको दाबी गर्दै नेता मानन्धरले बाध्यतामा परेर एमालेका उम्मेदवारसँग भएको जस्तो गरे पनि आफूसँग निरन्तर छलफल भइरहेको बताए ।   काठमाडौंलाई सभ्यता र संस्कृतिको सहर बनाउनका लागि महानगर प्रमुख बालेन साहलाई सहयोग गर्नका लागि संसदमा आफू भएमात्रै सहज हुने मानन्धरको दाबी छ । गुठी विधेयकको विरोध गरेका कारण नै आफुमाथि पार्टीले अन्याय गरेको मानन्धरको तर्क छ । 

    सम्बन्धित समाचार...