२३ बैशाख २०८१, आईतवार

महसा अमिनीको हिरासतमा निधन भएपछि राष्ट्रव्यापी विरोध प्रदर्शनमा ३२६ जनाको निधन

iran

महसा अमिनीको हिरासतमा निधन भएपछि इरानी सुरक्षा बलहरूले राष्ट्रव्यापी विरोध प्रदर्शनमा कम्तिमा ३२६ जनाको निधन भएको इरान मानव अधिकार (आईएचआर)ले जनाएको छ ।

प्रहरी हिरासतमा रहेकी युवती अमिनीको सेप्टेम्बर १६ मा निधनलाई लिएर महिलाहरूले देशभर प्रदर्शन गर्दै आएका छन् ।

ड्रेस कोडको कथित उल्लंघन गरेको आरोपमा गिरफ्तार भएको तीन दिनपछि अमिनीको निधन भएको थियो । उनको निधनले इस्लामिक गणतन्त्रमा विरोध चर्किएको छ ।  

ओस्लोमा रहेको आईएचआरले आफ्नो वेबसाइटमा पोष्ट गरेको विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्रव्यापी प्रदर्शनमा सुरक्षा बलहरूले ४३ बालबालिका र २५ महिलासहित कम्तीमा ३२६ जनाको ज्यान लिइसकेको छ ।’