१७ बैशाख २०८१, सोमबार

चिसो अझै बढ्ने

weather

आज पहाडी भेगका एकदुई ठाउँमा वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी र हिउँ परेसँगै चिसो अझै बढ्नेछ । पश्चिमी वायु सक्रिय भएसँगै अधिकतम र न्यूनतम तापक्रम घट्दा देशभर चिसो बढेको छ । यसकै प्रभावले आज देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै भोलि प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विशेष सावधानी अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् ।

    सम्बन्धित समाचार...