४ बैशाख २०८१, मंगलवार

रुसले स्थापित गरेका खेर्सनका डेपुटी गभर्नर मारिए

1370845

रुसले स्थापित गरेका खेर्सनका डेपुटी गभर्नर किरिल स्ट्रेमोसोभको निधन भएको रसियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

उनी कार दुर्घटनामा परी निधन भएको क्षेत्रीय गभर्नरको प्रेस सेवालाई उद्धृत गर्दै ती सञ्चार माध्यमहरूले जानकारी दिएका छन् । ४५ वर्षीय स्ट्रेमोसोभलाई युक्रेनमा रुसी आक्रमणको दुई महिनापछि गर्भनर पदमा नियुक्त गरिएको थियो ।

उनी रूसी कब्जाको सबैभन्दा प्रमुख समर्थकहरू मध्ये एक थिए र सामाजिक सञ्जालमा आक्रामक बयानका लागि परिचित थिए । उनलाई युक्रेनी प्रहरीले देशद्रोहको अभियोगमा खोजीको सूचीमा राखेको थियो ।

रुसले कब्जा गरिएको युक्रेनी क्षेत्रमा रुसद्वारा नियुक्त धेरै अधिकारीहरूलाई युक्रेनले आक्रमणको निशाना बनाएको छ । फेब्रुवरीमा आक्रमणपछि रुसी फौजले नियन्त्रणमा लिएको खेर्सनलाई युक्रेनी सेनाले खोस्ने प्रयास गरिरहेको छ ।