६ जेष्ठ २०८१, आईतवार

शुक्रबारकाे माैसम : पहाडी भेगमा सामान्य वर्षा र हिमाली भेगमा हल्का हिमपातकाे सम्भावना

weather aajko mausam

हाल मुलुकभर पश्चिमी वायुकाे सामान्य प्रभाव रहेका जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाकाे भनाइ छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना रहेको महाशाखाले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ।

त्यस्तै, शुक्रबार राती  देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

    सम्बन्धित समाचार...