४ जेष्ठ २०८१, शुक्रबार

फेरि उम्मेदवारको मनोनयन दर्ता गरिएको मोरङ ३ प्रदेशसभा ‘क’को आज अन्तिम नामावली प्रकाशन हुने

nepal elecion commison

मोरङ ३ प्रदेशसभा ‘क’ मा आज शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ ।

४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि बिहीबार कांग्रेसका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका थिए । कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा फेरि उम्मेदवारको मनोनयन दर्ता गरिएको हो ।  कांग्रेसबाट मनोनयन दर्ता भए पनि बाँकी उम्मेदवारको मनोयन पुरानै कायम गरिएको छ ।

आयोगका अनुसार उम्मेदवारको नामावली शुक्रबार फिर्ता लिन पाइनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन अपरान्ह ३ बजेसम्म हुनेछ। उम्मेदवारलाई आजैअपरान्ह चिन्ह दिइने आयोगले जनाएको छ ।  

    सम्बन्धित समाचार...