१४ बैशाख २०८१, शुक्रबार

टोरेजोन डे अर्डोजको एक विवाह भोजमा कारले ठक्कर दिँदा ४ जनाको

medium 2022 11 06 4699aab6f8

स्पेनमा एक विवाह भोजमा कारले ठक्कर दिँदा चार जनाको निधन भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । अधिकारीहरूले तीन संदिग्धलाई हिरासतमा लिएका छन् र चौथो व्यक्तिको खोजी गरिरहेका छन् ।

म्याड्रिडबाट करिब २५ किलोमिटर (१६ माईल) उत्तरपूर्वमा रहेको टोरेजोन डे अर्डोजमा विवाहको आयोजना गरिरहेको रेस्टुरेन्टको अगाडि बिहानै झगडा भएको थियो।

झगडापछि एउटा कारले विवाहमा आएका पाहुनालाई ठक्कर दिएर भागेको थियो । ‘ घटनास्थलमा पुग्दा चार जना मृत अवस्थामा भेट्टायौं’, म्याड्रिड आपतकालीन सेवाका प्रमुख कार्लोस पोलोले भने।

घाइते अन्य चार जनालाई उपचारका लागि अस्पताल लगिएको उनले बताए ।

    सम्बन्धित समाचार...