२७ बैशाख २०८१, बिहीबार

ऋक्रियसनको बार्षिक उत्सवमा दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

hree crrate 1

पोखरामा सञ्चालनमा रहेको ऋक्रियसनको पहिलो वार्षिक उत्सवको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर १३ का दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । पोखरा १३ आर्वामा रहेका अमरज्योति आधारभूत विद्यालय र सिमला आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

सिमला आधारभूत विद्यालयका ३५ जना र अमरज्योति आधारभूत विद्यालयका ४१ जना विद्यार्थीलाई टिसर्ट, कपि, पेन्सिल, इरेजर लगायतका शैक्षिक सामग्री वितरण गरेको ऋक्रियसनका सञ्चालक रितेश पौडेलले जानकारी दिए । विद्यार्थीलाई पोखरा महानगरपालिकाका वडा नम्बर १३ का वडा अध्यक्ष किरण बराल, सञ्चालक रितेश पौडेल, नारायण पौडेले लगाएतले शैक्षिक सामग्री वितरण गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष बरालले सरकारी विद्यालयमा अध्ययन गर्ने बालबालिकाको शैक्षिक स्तर सुधार गर्न शैक्षिक सामग्री फलदायी हुने बताए । उनले ग्रामीण क्षेत्रमा रहेका विद्यालयलाई सबैको आर्थिक तथा शैक्षिक सामग्री सहयोगको आवश्यकता रहेको बताए ।

कार्यक्रममा सिमला आधारभूत विद्यालय प्रधानाध्यापक हरिमाया बराल, अमरज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक विमलबहादुर बरालले सहयोगले विद्यार्थीको शैक्षिक उन्नतिका लागि सहयोगी हुने बताए । ऋक्रियसनले विभिन्न काम गर्दै आएको छ भने ऋस्टोस मार्फत टिर्सटहरु बनाएर विक्री गर्दै आएको छ ।

    सम्बन्धित समाचार...