१७ बैशाख २०८१, सोमबार

न्यान्सी पेलोसीका श्रीमान् हतियारधारीको आक्रमणमा परी गम्भीर घाइते

Capture99

अमेरिकाको सांसदका सभामुख न्यान्सी पेलोसीका श्रीमान् पल पेलोसी माथि एक हतियारधारीले आक्रमण गरे पछि उहाँ गम्भीर घाइते हुनु भयो छ ।

पल पेलोसीलाई आफ्नै निजी निवासमा एक व्यक्तिले हतौडाले टाउको र हातमा प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।

८२ वर्षिय पेलोसीको टाउको र हातमा गम्भीर चोट लागि शल्यक्रिया गरिएको छ ।

उक्त हतियारधारी सभामुख न्यान्सी पेलोसीलाई आक्रमण गर्ने मनसायले आएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

घटनाको सन्दर्भमा एक ४२ वर्षीय पुरुषलाई पक्राउ गरिएको बिबिसीले जनाएको छ ।