६ जेष्ठ २०८१, आईतवार

हिंस्रक बन्दै चालिसौं दिन देखिको इरानमा जारी प्रदर्शन

iran 1

इरानमा २२ वर्षीय महिलाको प्रहरी हिरासतमा निधन भए पछि विगत ४० दिन देखिको प्रदर्शन जारी छ ।

माहसा अमिनीलाई कपाल छोप्ने हिजाब राम्रोसँग नलगाएको आरोपमा प्रहरीले हिरासतमा लिएको थियो । अमिनीको हिरासतमै निधन भएपछि इरानका ठुला सहरमा प्रदर्शनहरू भइरहेका छन् ।

प्रदर्शनमा प्रहरीको गाली लागि २९ बालबालिका सहित २३४ जनाको निधन भइसकेको अन्तर्राष्ट्रिय सञ्चार संस्था बिबिसीले उल्लेख गरेको छ ।

अमिनीको निधनको चालिसौं दिन हिजो अमिनीको गृह नगर सक्केजमा वृहत् प्रदर्शन भएको बिबिसीले जनाएको छ ।

प्रदर्शनकारीले इरानको इस्लामिक व्यवस्थाको विरोध गर्दै आइरहेका छन् ।