१७ बैशाख २०८१, सोमबार

साहित्यकार झमक घिमिरे नयाँ कृतिको तयारीमा

jhamak ghimire

नेपाली साहित्य क्षेत्रमा परिचित नाम हो, झमक घिमिरे । झमक हिँड्न, बोल्न र हातले लेख्न सक्दिनन् । यद्यपि लेखन र सृजनालाई उनको शारीरिक प्रतिकूलताले छेक्न सकेको छैन । उनै सर्जकको साहित्यिक जीवन कसरी अघि बढिरहेको छ त ?

झमक घिमिरेको जन्म २०३७ सालमा धनकुटाको कचिडेमा भएको हो । हिड्न र बोल्न नसक्ने उनि देब्रे खुट्टाका दुई औंलाले लेख्छिन् । १५ बर्षदेखि -लामो समयदेखि मस्तिष्क पक्षघातसाग लडिरहेकी उनी लेखन र साहित्य सृजनामा निकै सकृय छिन् ।

औपचारिक शिक्षा नलिएकी झमकका विभिन्न बिधाका १३ वटा कृति प्रकाशित छन् । आत्म वृतान्त ‘जीवन कााडा कि फूल’ ले उनलाई २०६७ सालको मदन पुरस्कार दिलाएको थियो ।

अहिले उनी प्रकासोन्मुख कृति कर्मणाको तयारीमा छिन् । अब छिट्टै त्यो पाठकका हातमा पुग्नेछ । बिरामी बाबु र आमाको रेखदेखमा अहिले उनी जन्मघर धनकुटाको कचिडेमै छिन् । उनलाई सरकारले काठमाडौंमा घर दिएको थियो ।

एकलास ठाउँको घरमा असुरक्षा महशुस गरेपछि उनले कागेश्वरी मनहरामा सरकारले बनाइदिएको घर छाडेकी हुन् । साहित्य साधनामा झमकको लगाव, सकृयता र निरन्तरता नियाल्दा जीवनप्रतिको थप उज्यालो महशुस गर्न सकिन्छ ।

यद्यपी उनको आत्मवृतान्तले सोधेको ‘जीवन काँडा कि फूल ?’ भन्ने प्रश्न भने उनको जीवनलाई नियालीरहादा सधैँ अनुत्तरित नै लाग्छ ।

    सम्बन्धित समाचार...