५ जेष्ठ २०८१, शनिबार

नागरिकको भ्रष्टाचार निर्मूल पार्नु पर्ने चाहना आफ्नाे पहिलाे दायित्व : प्रकाशमान सिंह

prakashman 1.1 768x460 1
फाइल फोटो

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल गर्नुपर्ने नागरिकको चाहना पूरा गर्ने आफ्नो पहिलाे दाहित्व भएकाे बताएका छन् । 

काठमाडाैँ आइतबार आयाेजित चुनावी कार्यक्रममा बाेल्दै नेता सिंहले व्याप्त भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्दै देश निर्माण आफ्नाे पहिलाे दायित्व रहेकाे बताए । 

‘प्रशासनिक प्रक्रियामा झन्झटिलाे छ । समयमा केही काम नहुने, जहाँ सुकै भनसुन चाहिने यस्तो अवस्थाकाे अन्त्य गर्नु मेराे पहिलाे प्राथमिकता हाे,’ उनले भने । 

राजनीतिक अस्थिरताका कारण मुलुककाे समस्याको जहाँकाे त्यहीँ रहेकाले राजनीति स्थायित्वले मात्र सुशासन र विकास निर्माणकाे प्रक्रियामा अगाडि बढ्ने भन्दै नेता सिंहले काठमाडौंमा देखिएकाे खानेपानी, फाेहाेर व्यवस्थापन ट्राफिक जामलगायता न्युनतम आधारभूत समस्याको समाधानका लागि काम गर्ने याेजनासहित आफू फेरि जनतामाझ आएकाे बताए ।