१७ बैशाख २०८१, सोमबार

आर्यन र उपासना मुख्य भूमिकामा रहेको ‘डिसेम्बर फल्स’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक

december falls

प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्म डिसेम्बरमै अर्थात् ३० डिसेम्बरमा (पुस १५ गते) देशव्यापी प्रदर्शन हुने छ ।

निर्माता रामप्रसाद रिजालको पाँचौँ फिल्म ‘डिसेम्बर फल्स’ को शुक्रवार दुई प्रकारका पोस्टरसँगै प्रदर्शन मिति खुलाइएको हो । एक पोस्टरमा अभिनेता आर्यन र अर्कोमा अभिनेत्री उपासना एकल रूपमा प्रस्तुत भएका छन् । आर्यन ‘एक्सन–रियाक्सन’ मा देखिएका छन् भने उपासना घाइते अवस्थामा तनावग्रस्त देखिन्छिन् ।

भारतीय निर्देशक प्रवीण झाद्वारा निर्देशित फिल्ममा आर्यन, उपासना, सुमन थापा, रोहित, नरेश भट्टराईका साथमा सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतका कलाकारको अभिनय छ ।

रिजाल एन्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् भने कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको फिल्मलाई भारतीय छायाकार महेश आर गुप्ताले खिचेका हुन् । बिपीका खनालको कथा,केदार भुसाल र प्रतीक पौडेलको पटकथा÷संवाद रहेको फिल्मको सम्पादन बनिष शाहले गरेका छन् ।

दीपक शर्मा, कोशिस क्षेत्री, सुशान्त गौतम र प्रतीक पौडेलको सङ्गीत, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनिल मानन्धरले वितरण गर्दै छन् ।

    सम्बन्धित समाचार...