१९ बैशाख २०८१, बुधबार

दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई हराउदै आयरल्यान्ड सुपर १२ मा

west indies vs ireland

दुई पटकको विश्व विजेता वेस्ट इन्डिज अस्ट्रेलियामा जारी २० विश्वकप क्रिकेटबाट बाहिरिएको छ । शुक्रबार राति आयरल्यान्डसँग नौ विकेटले पराजित भएसँगै वेस्ट इन्डिजको सुपर १२ पुग्ने सम्भावना सकिएको हो । 

एक सय ४७ रनको लक्ष्य आयरल्यान्डले १७.३ ओभरमा मात्र एक विकेट क्षतीमा भेट्टायो । आयरल्यान्डका लागि पाउल स्टर्लिङले अविजित ६६ र लोकान टर्करले अविजित ४५ रन जोडे ।

यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रनको योगफल तयार पारेको थियो । वेस्ट इन्डिजका ब्रान्डन किंगले अविजित ६२,जोन्सन चाल्र्सले २४ रन जोडे । आयरल्यान्डका गारेथले ३ विकेट लिए ।

सन् २०१२ र २०१६ को टी २० विश्वकप विजेता वेस्ट इन्डिज यस पटक भने समूह चरणबाट बाहिरिएको हो ।

समूह बी बाट ३ खेलमा २ जितपछि ४ अंकसहित शीर्ष स्थानमा बस्दै सुपर १२ मा प्रवेश गरेको छ । ३ खेलमा २ अंक मात्र जोडेको वेस्ट इन्डिजको यात्रा समूह चरणबाट माथि उठ्न सकेन ।

दोस्रो स्थानको स्कटल्यान्ड र जिम्बाब्वेको समान २ अंक छ । यी दुई बीचको विजेताले पनि सुपर १२ स्थान बनाउने छ ।

    सम्बन्धित समाचार...