२१ बैशाख २०८१, शुक्रबार

सिद्धार्थ र कियारा विवाहअघि ‘लिभ इन रिलेसन’ मा

sidharth keyara

बलिउडमा यतिबेला अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीको अफेयरले राम्रै चर्चा पाइरहेको छ । निर्माता तथा निर्देश करण जोहारको शो ‘कफी विद करण’मा यो जोडी उपस्थित भएपछि उनीहरुको विवाहको विषयले थप चर्चा पाएको थियो । 

केहीले उनीहरू सन् २०२३ मा विवाह गर्ने अनुमान लगाएका छन् । तर अहिले भने उनीहरू विवाहअघि नै ‘लिभ इन रिलेसन’मा बस्ने निर्णयमा पुगेका छन् ।

सिद्धार्थ र कियाराले विवाहअघि एक घरमा एकसाथ बस्ने योजना बनाएका छन् । बलिउडमा कैयौं कलाकारहरू विवाह अघि आफ्नो जीवनसाथीबारे बुझ्न सँगै बस्ने गरेका छन् । त्यहीकारण सिद्धार्थ र कियाराले यो निर्णय लिएका हुन् । दुवैले एकअर्कालाई राम्ररी बुझेपछि मात्र विवाह गर्ने निचोडमा पुगेका छन् ।

त्यसो त अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूर पनि गत अप्रिलमा विवाह गर्नुअघि ‘लिभ इन रिलेसन’मा थिए । त्यसपछि मात्र उनीहले विवाह गर्ने निर्णय लिएका थिए ।