१३ बैशाख २०८१, बिहीबार

पर्यटन पूर्वाधारका लागि एक अर्ब २० करोड विनियोजन, पर्यटन विश्व विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने

arthamantri

सरकाले पर्यटक पूर्वाधारका लागि एक अर्ब २० करोड बजेट व्यवस्थापन गरेको छ । 

आर्थिक वर्ष २०७७/७८ को बजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले सरकारले पर्यटक विकासका लागि एक अर्ब २० करोड बजेट विनियोजन गरेको बताए ।

सरकारकाले पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेटको व्यवस्था गरेको छ । सबै प्रदेशमा ठूला पर्यटकीय स्थल विकास गर्ने लक्ष्य पनि सरकारले लिएको छ ।

संघीय संसदमा आर्थिक बर्ष २०७७/७८ को बार्षिक बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गर्ने नीति पनि सरकारले लिएको जानकारी दिनुभयो ।

पर्यटन विश्व विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने

पर्यटन क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न पर्यटन विश्व विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने । माध्यामिक तह भन्दा माथिको पाठ्यक्रममा पर्यटन विषयको अध्ययन गराइने ।