२० बैशाख २०८१, बिहीबार

गुडिरहेको भ्यानबाट बालक खसे

death

महोत्तरीमा गुडिरहेको भ्यानबाट खसेर एक बालकको ज्यान गएको छ । बर्दिबास नगरपालिका–८, सानो किसानमा बुधबार गुडिरहेको भ्यानबाट खसेर स्थानीय सात वर्षीय पृथ्वी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना३च ५७५३ नम्बरको भ्यानबाट खसेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा स्थानीय अस्पतालमा निधन भएको हो ।

दुर्घटनामा संलग्न सवारी साधनका चालक फरार रहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    सम्बन्धित समाचार...