४ जेष्ठ २०८१, शुक्रबार

इयु विदेशमन्त्रीहरूको बैठक: इरानमा प्रतिबन्ध लगाउने

iran

इयु विदेश मन्त्रीहरूले इरानमा प्रतिबन्धहरू लगाउने विषयमा बैठक गरेका छन् । उनीहरूले हिजाब विरोधी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूमाथि सरकारको क्रुर दमनको निन्दासमेत गरेका छन् । त्यस्तै, तेहरानसँग मर्रिबन्ड आणविक सम्झौतालाई पुनर्जीवित गर्ने आवश्यकतामा पनि जोड दिएका छन् ।

विदेशमन्त्रीहरूको बैठकअघि ईयू राजदूतहरूले सहमति जनाएका प्रतिबन्धहरूको सूचीमा ११ इरानी अधिकारी र चार संस्थाहरू छन् । तिनीहरूमाथि इयुको भिसा प्रतिबन्ध र सम्पत्ति रोक्का गरिनेछ ।

प्रतिबन्धहरूमा लक्षित हुनेहरूमध्ये ‘तथाकथित नैतिकता प्रहरी हुुन् तर त्यहाँ भएका अपराधहरू देख्दा यो वास्तवमै उपयुक्त नहुने शब्द हो’,जर्मन विदेशमन्त्री अन्नालेना बेरबकले भने ।

एक महिनाअघि प्रहरी हिरासतमै मृत्युभएकी २२ वर्षीय युवतीको विषयलाई लिएर देशभर प्रदर्शन भएका छन् ।  प्रहरी र प्रदर्शनकारीबीच भएका झडपहरूमा ८० भन्दा बढी प्रदर्शनकारीको निधन भएको छ भने हिरासतमा राखिएका दर्जनौँमाथि मुद्दा लगाउने तयारी गरिएको छ । इरानमा हिजाबविरोधी प्रदर्शनमा संसारभरका महिलाहरुले ऐक्यबद्धता देखाएका छन् ।

    सम्बन्धित समाचार...