२१ बैशाख २०८१, शुक्रबार

सम्पुर्ण खेल समाचार- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता

apf

महिला फुटबलको सेमिफाइनलमा आर्मी र एपीएफ भिड्ने

नवौं बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । स्याङ्जा वालिङ मैदानमा जारी राष्ट्रिय खेलकुदमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र प्रदेश एक अन्तिम चारमा प्रवेश गरेका छन् ।

असोज २७ बाट सुरु भएको प्रतियोगितामा समूह ए बाट ६ अंक बनाएको नेपाल पुलिसले सेमिफाइनलमा स्थान बनायो । यसै समूहबाट तीन अंक जोडेको बागमती प्रदेश र बिना अंकको लुम्बिनी प्रदेश बाहिरिए ।

समूह बी बाट ६ अंक जोडेको आर्मी विजेता बन्दा बन्यो । एक–एक अंक जोडेका मधेस प्रदेश र सुदूरपश्चिम समूह चरणबाट माथि बढ्न सकेन । समूह सी बाट सत प्रतिशत जितसहित एपीएफ नौं अंक सहित शीर्षस्थानमा रह्यो । प्रदेश एकले ६ अंक जोडेर उपविजेता बन्यो । तीन अंक जोडेको गण्डकी प्रदेश र विना अंकको कर्णाली प्रदेश समूह चरणमाथि सकेनन् ।

अब सेमिफाइनल खेल मंगलबार हुनेछ । पहिलो सेमिफाइनलमा समूह ए विजेता नेपाल पुलिस र समूह सी उपविजेता प्रदेश एकबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा समूह बी विजेता आर्मी र समूह सी विजेता एपीएफबीच भिडन्त हुनेछ ।

पहिलो सेमिफाइनल खेल साढे १२ बजे र दोस्रो खेल साढे तीन बजे सुरु हुने तालिका छ । फाइनल तथा तेस्रो स्थानको खेल भने बिहीबार हुनेछ ।

प्रदेश एकले सेमिफाइनल प्रवेशका लागि गण्डकी प्रदेशसँग खेल्ने

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार मधेस प्रदेशलाई हराउँदै प्रदेश नम्बर १ समूह ‘बी’ को उपविजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। 

पोखरा रंगशालास्थित भलिवल कोर्टमा भएको खेलमा १ नम्बर प्रदेशले ३–० को सोझो सेटमा जित निकाल्यो । 

पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको प्रदेश १ ले दोस्रो सेट २६–२४ ले जितेको थियो । तेस्रो सेट २५–९ ले जित हात पारेर प्रदेश १ ले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।

यस समूहबाट समूह विजेताको रूपमा त्रिभुवन आर्मी क्लब क्वाटरफाइनल पुगिसकेको छ । लिग कम नकआउटको आधारमा भइरहेको प्रतियोगितामा प्रदेश एकले पहिलो जितसँगै ३ अंक जोडेको छ । प्रदेश १ ले मंगलबार गण्डकी प्रदेशसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

भारोत्तोलनः ओलम्पियन कमललाई स्वर्ण पदक

नेपाली सेनाका कमलबहादुर अधिकारीले पुरुष ६७ केजी तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् । 

ओलम्पियन कमलले स्नाचमा ९५ केजी क्लिन एण्ड जर्कमा १३० केजी गरी कुल २२५ केजी भार बहन गर्दै स्वर्ण जितेका हुन् । सेनाकै मुक्तिराम घलेले स्नाचमा ९० केजी, क्लिन एण्ड जर्कमा ११९ गरी कुलमा २०९ केजी भारका साथ रजत पाए । यस्तै सुदूरपश्चिमका अशोक सिंह भण्डारीले स्नाचमा ९२ केजी, क्लिन एण्ड जर्कमा ११६ केजी गरी कुल २०८ केजी भारका साथ कांस्य प्राप्त गरे ।

आजै सम्पन्न महिला नेपाल प्रहरीकी टिकामाया गुरुङले स्वर्ण हात पारिन् । टिकाले स्नाचमा ६० केजी, क्लिन एण्ड जर्कमा ८० केजी गरी कुल १४० केजी तौल भारका साथ स्वर्ण जितेकी हुन् । 

दोस्रो स्थानमा सेनाकी प्रभा थारु रहिन् । उनले स्नाचमा ५८ केजी, क्लिन एण्ड जर्कमा ७१ केजी भारका साथ कुलमा १२९ केजीका साथ रजत प्राप्त गरिन् । लुम्बिनीकी कृष्णकला विष्टले स्नाचमा ५६ केजी, क्लिन एण्ड जर्कमा ७२ केजी गरी कुल १२८ केजी तौलका साथ कांस्य पाइन् ।

महिला ५९ केजी तौलमा नेपाली सेनाकी कमला श्रेष्ठले स्वर्ण हात पारिन् । उनले स्नाचमा ६८ केजी, क्लिन एण्ड जर्कमा ८५ केजी गरी कुल १५३ केजी तौल भार बहन गरिन् । पुलिसकी देवी कुमारी चौधरीले स्नाचमा ५८ केजी, क्लिन एण्ड जर्कमा ७० केजी गरी कुल १२८ केजी भारका साथ रजत र सेनाकी अश्मिता पुलामी मगरले स्नाचमा ५३ केजी र क्लिन एण्ड जर्कमा ७० केजी गरी कुल १२३ केजी भारका साथ कांस्य पाइन् ।

उपाधि दाबेदार बागमती बाहिरियो, एपीएफ सेमिफाइनलमा

सशस्त्र प्रहरी बलको एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

सोमबार भएको समूह बी अन्तर्गतको खेलमा एपीएफले बागमती प्रदेशलाई ३–१ गोलको नतिजामा पराजित गर्‍यो । हारसँगै उपाधि दाबेदार मानिएको बागमती समूह चरणबाटै बाहिरिएको छ ।

पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा अग्रता जोगाउन नसक्दा पराजय बेहोर्नु पर्‍यो । पहिलो हाफको इञ्जुरी समयमा अभिषेक रिजालले गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए 

दोस्रो हाफमा आक्रामक शैलीमा उत्रिएको एपीएफले ६५औं मिनेटमा प्रदीप लामाको गोलबाट खेलमा बराबरी गरेको थियो । त्यसको ११ मिनेटपछि नवीन लामाले गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाए । इन्जुरी समयमा नवीनले गरेको व्यक्तिगत दोस्रो गोलसँगै एपीएफले ३–१ को जित सुनिश्चित गर्‍यो ।

यस अघि नेपाल पुलिसलाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

गण्डकीका अमृतलाई स्क्वासमा स्वर्ण पदक

गण्डकी प्रदेशको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत स्क्वासमा सोमबार एक स्वर्ण पदक जितेको छ । पोखरा रंगशाला परिसरस्थित स्क्वास हलमा सोमबार सम्पन्न पुरुष खुल्लाको फाइनलमा गण्डकीका अमृत थापा मगरले पाँच सेटसम्म प्रतिस्पर्धा गर्दै बागमतीका अरहन्तकेशर सिंहलाई ३–२ को नतिजामा पराजित गरे ।

अरहन्तकेशरले रजत पदक हात पार्दा सेमिफाइनलमा पराजित भएका गण्डकीका दीपक तथा र बागमतीका अमिर भ्लोनले कांस्य पदकमा चित्त बुझाए । सेमिफाइनलमा अमृतले दीपकलाई ३–१ तथा अन्तले भ्लोनलाई ३० को सोझो सेटमा हराएका थिए ।

नवौं वृहत् राष्ट्रिय खेलकुदअन्तर्गत स्क्वासमा पुरुष र महिला खुल्ला तथा पुरुष टिम इभेन्ट्स गरी तीन स्पर्धामा मात्र प्रतिस्पर्धा भइरहेको छ ।

महिला खुल्लामा सात खेलाडीको मात्र सहभागिता रहेकाले प्रतिस्पर्धीलाई दुई समूहमा विभाजन गरी राउन्ड रोबिन पद्धतिमा प्रतिस्पर्धा गराइरहिएको छ ।

समूह ‘ए’ बाट कृष्णा थापा र भावना सुनुवार तथा समूह ‘बी’बाट बिपना ब्लोन र स्वस्थानी श्रेष्ठ सेमिफाइनल प्रवेश गरेका छन् । सेमिफाइनल पुग्ने चारै खेलाडीको कांस्य पदक पक्का भइसकेको छ । फाइनल पुग्नका लागि कृष्णाले स्वस्थानी तथा बिपनाले भावनासँग प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष टिम इभेन्ट्सतर्फ प्रारम्भिक चरणका खेलहरू भइरहेका छन् । स्क्वासको बाँकी दुई स्पर्धामा स्वर्ण पदकको छिनोफानो बिहीबार गर्ने तालिका छ । 

स्टिपलचेजमा कर्णालीका दुर्गालाई स्वर्ण पदक

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको स्टिपलचेजमा कर्णाली प्रदेशका दुर्गा बहादुर बुुढाले स्वर्ण पदक जितेका छन् । 

सोमबार बिहान पोखरा रंगशालाको ट्र्याकमा भएको खेलमा निर्धारित दूरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै कर्णालीका लागि पहिलो स्वर्ण पदक जिते ।

यस्तै, एपिएफ क्लबका अजित यादवले ९ मिनेट २१.१० सेकेन्डसहित रजत पदक जिते । निर्धारित दूरी पार गर्न त्रिभुवन आर्मी क्लबका सुवाष कार्कीले ९ मिनेट २२.१५ सेकेन्ड लगाएर कास्य जिते ।

भारतीय सेनामा आवद्ध दुर्गाले यसअघि भारतको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय एरिनामा उत्रिएको भन्दै तीन विभागीय टिम र गण्डकी प्रदेशले उनीविरुद्ध प्रोटेस्ट पनि हालेका थिए ।

    सम्बन्धित समाचार...