१७ बैशाख २०८१, सोमबार

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन, शरीर नजलाइने

satyamohan joshi 1

आज बिहान ७ बजेर ९ मिनेटमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भयो । उनको उपचारका क्रममा किष्ट मेडिकल कलेजमा निधन भएको हो ।

उनको १०३ बर्षको उमेरमा निधन भएको हो । जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज ललितपुर महानगरपालिकाको परिसरमा राखिनेछ । तर, उनको शरीरलाई नजलाइने भएको छ ।

जोशीले आफ्नो शरीर नै दान गरेका कारण उनको शरीरलाई किष्ट मेडिकल कलेजमा अध्ययनका लागि राखिनेछ । उनले, आफ्नो शरीर दान गर्ने घोषणा गरेकाले पनि उनकै इच्छा अनुसार, शरीर नजलाउने भएको हो ।

किष्ट कलेजले उनको शरीरलाई नगल्ने केमिकल प्रयोग गरेर अस्पतालमा नै राख्ने बताएको छ ।

    सम्बन्धित समाचार...